२०८२ चैत्र १८, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ४ वटा पशुचौपायासहित ३ जना नियन्त्रणमा

२०८१ भाद्र ३१, सोमबार प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

चोरमारा । नवलपुर प्रहरीले मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमानाबाट ४ वटा गोरुसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । मासुका लागि विक्रीवितरण गर्न लागेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रण लिनेहरूमा मध्यविन्दु नगरपालिका चोरमारा निवासी ५० वर्षीय शेरबहादुर महतो, विनयी त्रिवेणी ३ निवासी ५५ वर्षीय इन्द्रबहादुर कुमाल र ६१ वर्षीय टोपबहादुर रानाभाट रहेका छन्।

प्रहरीले यी व्यक्तिहरूलाई २९ गते राति पनि एउटा बलेरोमा गाईबस्तु ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर छाडेको थियो। तर, आईतबार फेरि उनीहरूले गाईबस्तु ल्याएकोले प्रहरीले पुनः नियन्त्रणमा लिएको हो।
प्रहरीले पशुचौपाया सहित नियन्त्रण लिएका व्यक्तिहरूलाई आवश्यक थप अनुसन्धान अगाडि बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस