२०८२ फागुन ४, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा रुखले च्यापेर महिलाको मृत्यु

२०८१ भाद्र ३०, आईतबार प्रकाशित ( साल अघि) ५२७ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासी सरावल सरावल गाउँपालिका १ सालवास स्थित सृष्टि सामुदायिक वनमा माछा मार्ने क्रममा रुख ढलेर एक महिलाको मृत्यु भएको छ।

२७ वर्षीया पार्वती चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सुकेको सिसौको रुख ढलेर उनी गम्भीर घाइते भएकी थिइन्।

प्रहरीका अनुसार चौधरी र उनका श्रीमान् सामुदायिक वनमा माछा मार्न गएका थिए । अचानक रुख ढल्दा उनी घटनामा परेकी हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस