२०८३ श्रावण ६, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु

२०८१ भाद्र २१, शुक्रबार प्रकाशित ( साल अघि) १८०४ पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोटमा राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

गैडाकोट १० भैसाखोरीमा गैडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ग ७ ख २५२५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा गैडाकोट ११ निवासी पुष्पराज श्रेष्ठका ७ वर्षीय छोरा विशाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

त्यसैगरी, ठक्करबाट गम्भीर घाइते भएका बालकका मामाघरकी हजुरआमा, स्याङ्जा जिल्ला निवासी ५५ वर्षीया श्रीमाया मानन्धरको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको छ। दुर्घटनामा संलग्न चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१७%१%

प्रतिक्रिया दिनुहोस