२०८२ माघ २२, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अटो दुर्घटना: पाँच जना घाइते

२०८१ भाद्र २१, शुक्रबार प्रकाशित ( साल अघि) १६३४ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका–२ एसपीएम टोल स्थित भित्री सडक खण्डमा रोकी राखेको खाली टेलरमा ठक्कर खाँदा पाँच जना यात्रु घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायव निरीक्षक लेखनाथ सिग्देलका अनुसार, दुर्घटनामा परि अटो चालक सूर्य बहादुर तामाङ ४२ वर्षीय, सविना गुरुङ १७ वर्षीय, डम्मर बहादुर गुरुङ ७८ वर्षीय, गौरीमाया गुरुङ ६० वर्षीय र कुशल गुरुङ १३ वर्षीय घाइते भएका हुन्।

घाइतेमध्ये अटो चालक सूर्य बहादुरको नयाँ मेडिकल कलेजमा र अन्य घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%२%१%१%

प्रतिक्रिया दिनुहोस