२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दोहोरो नागरिकता लिन खोज्दा अर्जुन सापकोटा पक्राउ

२०८१ भाद्र १३, बिहिबार प्रकाशित ( साल अघि) ८१० पाठक संख्या

गैँडाकोट । नवलपुरको गैँडाकोट ५ का अर्जुन सापकोटा दोहोरो नागरिकता लिन खोज्दा पक्राउ परेका छन्।

८ वर्षअघि जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट नागरिकता लिएका सापकोटाले पुन; नेपाली नागरिकता बनाउन जन्म मिति लगायतका सम्पूर्ण विवरण झुठ्ठा पेश गरेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलका अनुसार, सापकोटाले पहिलो पटक २०७३ साल साउन १४ गते नागरिकता लिएका थिए। उनको नागरिकता नम्बर ३६२०२६–२५८३ रहेको छ।

जिल्ला प्रशासन कार्यालय नवलपुरबाट पुन: नागरिकता बनाउन झुठ्ठा विवरण पेश गरी दोहोरो नागरिकता लिन खोजेको जाहेरीपछि उनलाई नियन्त्रणमा लिइएको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम, नवलपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस