२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा युनाईटेड गोल्ड कपको तयारी पूरा, शुक्रबार भव्य उद्घाटन

२०८१ भाद्र १३, बिहिबार प्रकाशित ( हफ्ता अघि) २८३ पाठक संख्या

कावासोती । नवलपुरको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आएको युनाईटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३८ औं संस्करणको तयारी पूरा भएको छ। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने नारासहित युनाईटेड युवा क्लब गिरुवारीद्वारा आयोजित यो प्रतियोगिता हुप्सेकोट ३ स्थित सरस्वती माबिको खेल मैदानमा संचालन हुनेछ ।

खेल संयोजक हरि थापाका अनुसार प्रतियोगितामा १६ वटा फुटबल क्लब सहभागी हुनेछन्। सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै थापाले शुक्रबार दिउँसो ३ बजे प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर भट्टराईले प्रतियोगिताको उद्घाटन गर्ने बताए। उद्घाटन खेल बसन्तपुर फार्मेसी र चोरमारा युवा क्लब चोरमारा बीच हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले १ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्। सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

यस वर्षको प्रतियोगितामा एउटा टिमले बढीमा ३ जना मात्रै विदेशी खेलाडीलाई समावेश गर्न पाउने नियम बनाइएको छ । क्लबका कोषाध्यक्ष धन बहादुर गुरुङका अनुसार निरन्तर ३८ औं संस्करणसम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस