२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

नारायणी सह-लगानी खानेपानीको धारा जडानमा ५० प्रतिशत छुट 

२०८१ भाद्र ११, मंगलबार प्रकाशित ( हफ्ता अघि) १७० पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका – ४ लुसलहरी स्थित नारायणी सह-लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी धारा जडानमा ५० प्रतिशत छुटको घोषणा गरेको छ । यो छुट २०८१ साल कार्तिक मसान्तसम्म लागु हुनेछ ।

संस्थाले नेपालीहरुको महान पर्वहरु जस्तै अन्नत चतुर्दशी, जितिया, दशै, दिपावली र छठ पर्वको अवसरमा यो छुट प्रदान गरेको हो । उपभोक्ताहरुले यो अवसरको फाइदा उठाउन संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपशिल:

कुल धारा जडान शुल्क: ३१,३०३/-

५०% छुट रकम: १५,६५१/-

हालका धारा जडान शुल्क: १५,६५१/-

यो सूचना संस्थाको मिति २०८१/०५/०६ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार प्रकाशित गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस