२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

मुग्लिङ-नारायणगढ सडकखण्डमा बस पल्टिँदा १० घाइते

२०८१ भाद्र ९, आईतबार प्रकाशित ( हफ्ता अघि) १५३ पाठक संख्या

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डकोमा बस दुर्घटना भएको छ। दुर्घटनमा १० जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस