२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुर्लभ रक्त समूह भएकाहरु संगठित

२०८१ भाद्र ८, शनिबार प्रकाशित ( हफ्ता अघि) १७२ पाठक संख्या

कावासोती। नवलपुर जिल्लामा दुर्लभ रक्त समूह भएकाहरु संगठित भएका छन् । दुर्लभ रक्त समूह भएकाहरु बिच एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्दै समन्वय र सहयोग गर्ने उदेश्यले संगठित भएको कार्यक्रमका संयोजक सोम सुबेदीले जानकारी दिनुभयो ।
शनिबार कावासोतीमा आयोजित दुर्लभ रक्त समूह भएकाहरुको जिल्ला स्तरीय भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिती समेत गठन गरिएको छ ।

समितिको अध्यक्षमा सोम सुवेदी , उपाध्यक्षमा सोनि श्रेष्ठ, सचिबमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा नेनुका श्रेष्ठ चयन भएको नेपाल रेडक्रस सोसाईटी उप शाखा कावासोतीका सभापती बाबुराम कण्डेल ले जानकारी दिनु भयो । समितिका सदस्यहरुमा बिक्रम कार्की , गोबिन्द ढकाल , लोकेन्द्र वयम्बु , रामचन्द्र सापकोटा र स्मृति भुसाल न्यौपाने चयन भएका छन् । समितिमा सहसचिब , सहकोषाध्यक्ष सहित २ सदस्य जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने कण्डेल ले बताउनु भयो ।
जिल्ला स्तरीय भेलाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष डिल्लिराम कडरियाले दुर्लभ रक्त समूह भएकाहरु संगठित हुनु आफैमा निकै महत्वपूर्ण काम भएको बताउनु भयो । उहाँले भन्नू भयो, संगठित भएर अघि बढ्दा भोलिका दिनमा रगत अभावमा छटपटिनु पर्ने अबस्था आउँदैन , यो मानविय कार्य हो । कडरियाले दुर्लभ रक्त समूह भएकाहरु निकै कम संख्यामा हुने भन्दै संगठित भएर अघि बढ्दा धेरै सहज हुने बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा कावासोतीका सभापति बाबुराम कन्डेल , नेपाल स्वयम् सेवी रक्तदाता समुहका जिल्ला अध्यक्ष धर्मराज लुईंटेल , नेपाल दुर्लभ रक्त समुदाय चितवनका अध्यक्ष लक्ष्मण ज्ञावाली लगायत ले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नवलपुर जिल्लाका दुर्लभ रक्त समूह भएका ब्यक्तिहरु , रेडक्रसकर्मी , स्वयम् सेवी रक्तदाता , संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिब रमेश बस्ताकोटीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस