कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका – २ खामबेसी घर भइ देवचुली नगरपालिका – १६ रजहर स्थित सुनिता बास्ताकोटीको घरमा डेरा गरी बस्ने चन्द्र कुमारी थापाको छोरा, ५ वर्षीय दिप्सन सारु, खेल्ने क्रममा दुई तले पक्की घरको भर्याङबाट लडेर घाइते भएका छन्।
उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज, भरतपुर, चितवन लगिएको छ। टाउकोमा भित्री चोट लागेको र अवस्था अचेत रहेको जानकारी प्राप्त भएको छ । प्रहरी टोली घटनास्थलमा खटिएको छ । यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।