२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा खोलाले मोटरसाइकल बगायो, बाबुछोरी सकुशल उद्धार

२०८१ भाद्र ४, मंगलबार प्रकाशित ( हफ्ता अघि) ११४८ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दु नगरपालिका वार्ड नम्बर ९ बसन्तपुरमा रहेको खहरे खोलाले २८ प ६९५ नम्बरको मोटरसाइकल बगाएको छ।

हुप्सेकोट गिरुबारीबाट मोटरसाइकलमा ३५ किलो बोडि लिएर बेच्न हिडेका देव बहादुर फाल मगर र उनकी छोरी तुलसी फाल मगर चढेको मोटरसाइकल खहरे खोलाको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ।

मोटरसाइकल र बेच्न लैजान लागिएको बोडि खोलाको बाढिले बगाएको भए पनि मोटरसाइकलमा सवार बाबुछोरीको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार बाबुछोरीलाई उद्धार गरेर घर पठाइएको र उनीहरूको मोटरसाइकलको खोजी भैरहेको छ।

अठेरी खोलाको पुल भत्किँदा आवतजावत ठप्प

मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुर स्थित भुपु मिलन टोलमा पर्ने अठेरी खोलाको पुल भत्किएको छ।

रातिदेखि आएको वर्षाका कारण पानी ठूलो भई पुल भत्किएको हो। अठेरी खोलामा बाढी आएका कारण मध्यविन्दु ९ को बसन्तपुर र मध्यविन्दु ७ अम्रसामा आवतजावत ठप्प भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%९%१%

प्रतिक्रिया दिनुहोस