२०८३ बैशाख २९, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणले तीन पशुचौपाया मारिए

२०८१ श्रावण ३२, शुक्रबार प्रकाशित ( साल अघि) १५३१ पाठक संख्या

विनयी त्रिवेणी  । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – १ बगुबनमा बाघको आक्रमणले तीन वटा पशुचौपाया मरेका छन्।

लालमती खागामगरको गोठमा रहेका दुई वटा बाख्रा र खेमबहादुर मगरको गोठमा बाँधिएको भैंसीलाई बाघले आक्रमण गरेको हो।

मदरबाबा सामुदायिक वनबाट बस्तीमा पसेको बाघले स्थानियलाई त्रसित बनाएको छ। पशु चौपायालाई आक्रमण गरेको देखेर स्थानीयले हो हल्ला गरेपछि बाघ घटनास्थल नजिकै रहेको मकै बारीमा पसेको प्रहरीले जनाएको छ।

बाघलाई नियन्त्रणमा लिन वन कार्यालय र चितवन राष्ट्रिय निकुन्जलाई खबर गरिएको छ। तत्काल बाघलाई नियन्त्रणमा लिन स्थानीयले माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस