नवलपरासी । नवलपरासी पश्चिममा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । सरावल गाउँपालिका – ७ बर्गदवा निवासी बृजेश राजभरका ८ वर्षीय छोरा सुरेन्द्र राजभरको शुक्रबार साँझ खजुरा खोलामा डुबेर मृत्यु भएको छ।
नाग पञ्चमीको पुत्ला बगाउने क्रममा डुबेर अशक्त भएका सुरेन्द्रको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यो दुःखद घटनाले स्थानीय समुदायमा शोक छाएको छ ।