कावासोती । नवलपुरको कावासोती नगरपालिका – १४ त्रिभुवनटारमा बस्ने अभिषेक बरालको घरमा भएको चोरीको घटनाले स्थानीय समुदायमा चिन्ता बढाएको छ।
आइतबार काठमाडौं गएका बराल बुधबार घर फर्किंदा च्यानल गेटको चावी फोडेर ७ तोला ९० लाल बराबरको सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ र यस सम्बन्धमा आवश्यक अनुसन्धान पनि जारी राखेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।
नवलपुरमा दिनप्रतिदिन चोरीको घटना बढ्दै गएको छ । दुई दिन पहिला पनि कावासोती १६ तिनघरे स्थित हुमलाल विकको घरबाट ८ लाख भन्दा बढीको सम्पत्ति चोरी भएको थियोे ।