२०८२ चैत्र ६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा रिटर्नी माइग्रेट नेपालको स्थापना दिवसमा भव्य कार्यक्रम

२०८१ श्रावण २५, शुक्रबार प्रकाशित ( साल अघि) ५७१ पाठक संख्या

नवलपुर  –  रिटर्नी माइग्रेट नेपालले आफ्नो सातौं स्थापना दिवस र अन्तर्राष्ट्रिय युवा दिवस एकसाथ मनाउने भएको छ।

जिल्ला अध्यक्ष रेशम खत्रीका अनुसार, यस अवसरमा नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी, रिटर्नी उद्यमी, पत्रकार लगायतलाई सम्मान गरिनेछ । कार्यक्रम साउन २६ गते शनिबार नवलपुर चिस्यान केन्द्र कावासोती – १४ अग्योलीमा आयोजना हुनेछ ।

विदेशमा आर्जित ज्ञान र सिप स्वदेशका लागिू भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको यो संस्थामा बैदेशिक रोजगारबाट फर्केकाहरु जोडिदै आएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “युवामैत्री शासन प्रवर्द्धन गर्दै युवामा लगानी गरौं” नाराका साथ तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक संघसंस्थाहरुको सहकार्यमा गण्डकी प्रदेशको नवलपुर, गोर्खा र कास्की जिल्लामा भव्यताको साथमा दिवस मनाइने जानकारी गण्डकी प्रदेश संयोजक नेत्र थनेतले दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस