२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

२०८१ श्रावण २३, बुधबार प्रकाशित ( महिना अघि) ३१३४ पाठक संख्या

कावासोती । आज बिहान नवलपुरमा एक दर्दनाक घटना घट्यो । खाना खाने क्रममा घाँटीमा हड्डी अड्किएर ५९ वर्षीय अम बहादुर रानामगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार, रानामगर तनहुँ भिरकोट – ३, पिपलबारीका निवासी थिए ।

रानामगर मङ्गलबार गैँडाकोट नगरपालिका – १ स्थित छोरीको घरमा आएका थिए । बिहान खाना खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएपछि उनलाई तत्काल भरतपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%३%१९%१%

प्रतिक्रिया दिनुहोस