२०८३ भाद्र ५, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा हराएका दुई वर्षे बालकको शव खोला किनारमा फेला

२०८१ श्रावण २३, बुधबार प्रकाशित ( साल अघि) १७८३ पाठक संख्या

कावासोती — कावासोती नगरपालिका ४ हसौरा वाट हराएका दुई वर्षे बालकको शव खोला किनारमा फेला परेको छ।

स्थानीय रामजी ढुङ्गानाको छोरा ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेल्दै गर्दा हराएका थिए । बेपत्ता भएका बालकलाई घर नजिकैको खेतमा पानी लगाउने पक्की सिँचाइ कुलोले बगाएको अनुमान गरिएको थियो। खोजी कार्य गर्दा आज कावासोती नगरपालिका – ४ तिलाहा स्थित हसौरा खोला किनारमा बालकको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घरदेखि दुई किलोमिटरको दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%२९%

प्रतिक्रिया दिनुहोस