देवचुली । नवलपुरको देवचुलीमा रुखबाट लडेर एकजना घाइते भएका छन्।
देवचुली नगरपालिका ४ झाँक्रे निवासी ४८ वर्षीय होम बहादुर सारु मगर अमरज्योती सामुदायिक वनमा क्यामुनाको रुखमा चढी घास काट्ने क्रममा लडेर घाइते भएका हुन् ।
उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घटनाको सम्बन्धमा बुझ्न प्रहरी टोली खटिएको छ र अनुसन्धान जारी रहेको छ ।