२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाले नारायणी नदीको कटान समस्या समाधान गर्न पहल शुरू

२०८१ श्रावण २०, आईतबार प्रकाशित ( महिना अघि) ३७३ पाठक संख्या

मध्यविन्दु । नारायणी नदीको कटानको समस्या समाधान गर्न मध्यविन्दु नगरपालिकाले विशेष पहल सुरु गरेको छ । नगर प्रमुख भीमलाल अधिकारीले जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी तथा समाजसेवीसँग छलफल गरी नेपाल सरकार तथा सम्बन्धित निकायलाई समस्याबारे जानकारी गराउनुभएको थियो।

शनिबार पहिलो चरणको काम सुरु गर्न नदी कटान क्षेत्रको डकुमेन्ट तयार पारिएको छ । नारायणी नदीको कटानले गर्दा स्थानीयवासीको खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको छ । यसलाई रोक्नका लागि नदीको बहाव परिवर्तन गर्ने योजना बनाइएको छ । यसका लागि विस्तृत सर्वेक्षण गरेर डिपिआर तयार पार्ने र त्यसपछि बजेट तथा स्रोतको सुनिश्चीततको लागि नेपाल सरकारसँग सिफारिस गर्ने योजना रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

IMG 20240804 WA0001

स्थलगत अवलोकनमा नगर प्रमुख भीमलाल अधिकारी , उपप्रमुख पूर्णकला चौधरी, जिल्ला समन्वय समितिका सदस्य लोकनीथ अर्याल, नारायणी नदी व्यवस्थापन आयोजनाका सी.डी.ई. बिदुरमान श्रेष्ठ, नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर रबिन पौडेल , सव-इन्जिनियर शैलेन्द्र कुमार बिष्ट, वडाध्यक्ष रामभक्त अधिकारी र वडाध्यक्ष मान बहादुर महतो लगायतका स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

IMG 20240804 WA0008

मध्यविन्दुका वडा नं २, ३, ४, १२ र १५ लगायतका वडाहरू नारायणी नदी कटानको जोखिममा छन् । यसैलाई मध्यनजर गर्दै बनेको टोलीले बृहत अध्ययनसहितको काम नगर प्रमुख भीमलाल अधिकारीको पहलमा अगाडि बढाउँदै गएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१%

प्रतिक्रिया दिनुहोस