२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अज्ञात महिलाको शव फेला

२०८१ श्रावण १८, शुक्रबार प्रकाशित ( साल अघि) ९५७ पाठक संख्या

मध्यविन्दु — नवलपुरको देवचुली नगरपालिका १७ पिप्रहर पुजैलीस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

शवको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) ले जानकारी दिएको छ । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान अघि बढाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस