२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

२०८१ श्रावण १८, शुक्रबार प्रकाशित ( साल अघि) ८२९ पाठक संख्या

मध्यविन्दु — नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो।

दुर्घटना बिहीबार राति भएको भए पनि शुक्रबार त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस