२०८१ भाद्र २४, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा युवक बेपत्ता

२०८१ अषाढ २४, आईतबार प्रकाशित ( महिना अघि) १४९८ पाठक संख्या

नवलपरासी । नवलपरासीको सुस्तामा नारायणी नदीमा दाउरा निकाल्न खोज्दा बाढीले बगाएर एक युवक बेपत्ता भएका छन् ।

नारायणी नदीको बाढीले बगाएर ल्याएको दाउरा समाउन खोज्नेक्रममा सुस्ता गाउँपालिका ५ सकरदिनईका ३३ वर्षीय अर्जुन चमारलाई बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

बेपत्ता भएका चमारको प्रहरी र स्थानीयले खोजी कार्य गरे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

त्यस्तै जिल्लामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जनजीवनलाई प्रभावित पारेको छ । भारी वर्षाका कारण पहाडी कालीगण्डकी करिडोर, उत्तर दक्षिण कुमसोद पोखरी मुख्य  सडक अवरुद्ध रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%३%२%

प्रतिक्रिया दिनुहोस