२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकाको बजेट ९१ करोड

२०८१ अषाढ ९, शनिबार प्रकाशित ( महिना अघि) २२५ पाठक संख्या

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले आगामी आवका लागि ९१ करोड बढीको बजेट ल्याएको छ। नगरपालिकाको शुक्रबार भएको दोस्रो नगरसभा तथा पाँचौ अधिवेशनले ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ रुपैयाँ बराबरको बजेट र कार्यक्रम ल्याएको हो।

नगरसभामा नगर उप प्रमुख पार्वता तिवारीले चालुतर्फ रु ५५ करोड १४ लाख ५३ हजार ९ सय ६४ र पूँजिगत तर्फ ३५ करोड ९९ लाख ८३ हजार ४ सय गरी व्यय कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

जसमा सङ्घीय सरकारको सशर्त अनुदान ४० करोड ३१ लाख ९९ हजार, वित्तीय समानीकरण अनुदान १३ करोड ७० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँड ११ करोड ४८ लाख , यसै गरी गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८३ लाख ७० हजार र राजश्व बाँडफाँड बापत रु ५ करोड, विशेष अनुदान तर्फ रु ४० लाख र समपुरक अनुदानतर्फ रु ६० लाख , नगरपालिकाको आन्तरिक आय ६ करोड ३६ लाख ५० हजार, र चालु आ।व। को नगद मौज्दात बैंक अल्या बाट रु ८ करोड ८४ लाख १८ हजार ३ सय ६४ गरी कुल कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ आय हुने अनुमान प्रक्षेपण गरिएको छ।

कृषि सेवा र पशु विकास , शिक्षा ,स्वास्थ्य लगायत सामाजिक क्षेत्रहरु, पर्यापर्यटन ,पूर्वाधार , संस्थागत विकास ,सुशासन र सेवा प्रवाहका क्षेत्रहरु बजेटको प्राथमिकताका क्षेत्रहरु रहेको उप प्रमुख तिवारीले बताउनुभयो।

बजेट प्रस्तुत गर्नु पूर्व नगर सभामा नगर प्रमुख हरिप्रसाद न्यौपानेले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जसमा शिक्षा क्षेत्रको समग्र विकासको लागि शिक्षा सुधार कोषको निर्माण ,व्यवस्थापन र परिचालन गर्ने, प्रविधिमैत्री शिक्षा , कार्यमुलक अनुसन्धान कार्यक्रमलाई जोड दिने बताउनुभयो । शिक्षा तर्फ शिक्षकको भैपरी आउने समस्या समाधान गरि शिक्षण पेशा प्रति अभिरुचि जगाउन शिक्षक सापटी सहायत कार्यक्रम गरिने उल्लेख छ। विपन्न तथा जेहेन्दार विधार्थीहरु तथा माध्यमिक तह ९ ११(१२० मा विज्ञान पढ्ने विधार्थीहरुलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिने निति तथा कार्यक्रममा जोड दिइएको छ।

म युवा मेरो सीप कार्यक्रम मार्फत युवाको सीप विकासमा जोड दिने,खेलाडी उत्पादन र खेलको विकासमा जोड दिने, स्वास्थ्य , महिला बालबालिका ,ज्येष्ठ नागरिक तथा अपांगताको क्षेत्रमा काम गर्ने गरि निति कार्यक्रम प्रस्तुत गरिएको छ।

कृषि उत्पादन बढाउने, कृषि उपज संकलन , विक्रि केन्द्र तथा इकाईहरुको स्तरोन्नति गर्दै बजारिकरणमा प्रवर्द्धन गर्ने नगरको नीति तथा कार्यक्रमले जोड दिएको छ। पशुपालन तर्फ समेत नगरले विशेष प्राथमिकता दिएको छ ।

कृषिको पकेट विकास कार्यक्रम ,पशु विकास तर्फ पकेट विकास कार्यक्रम ,नगर जन स्वास्थ्य कार्यक्रम , स्वस्थ जीवन प्रवर्द्धनका लागि सकारात्मक सोच अभिवृद्धि कार्यक्रम , भान्सा सुधार ,सीप मेला तथा विज्ञान प्रदर्शनी कार्यक्रम ,इलर्निङ कार्यक्रम , मानवीय पुस्तकालय संचालन लगायतका महत्त्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने गरि निति ,कार्यक्रममा प्राथमिकता दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस