२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैंक शाखा अरुणखोलाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८१ अषाढ ८, शुक्रबार प्रकाशित ( महिना अघि) ८३३ पाठक संख्या

चोरमारा । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अरुणखोला शाखाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम बेलहानीमा सम्पन्न भएको छ ।

मध्यविन्दु न.पा.– १२, बेलहानीमा अवस्थित श्री सरस्वती नमुमा आधारभुत विद्यालयका विद्यालय सल्लाहकार समिति सदस्य गंगा अर्याल, प्रध्यानाध्यापक जनक राज पोखरेल सह–प्रध्यानाध्यापक कर्णाखर जैसी, शिक्षक शिक्षिका एवम् विद्यालयमा अध्यनरत विद्यार्थी हरुको उपस्थितीमा सो कार्यक्रम प्रदान गरिएको थियो ।

1718975222800

कार्यक्रममा अरुणखोला बैंकका शाखा प्रमुख ओम प्रकाश खनालले वित्तिय साक्षरताको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले बचतको महत्व, बचत रकम बैंक खाता खोली जम्मा गर्दा हुने फाइदा, ऋण कारोवार, वितिय साक्षरताको अवस्था, विद्युतिय वैंकिङ्ग विकासक्रम र यसका फाइदा, विद्युतिय बैंकिङ्गबाट हुने अपराध र जोखिम लगायतका विषयमा समेत सचेतना प्रदान गरिएको शाखा प्रमुख खनालले बताउनु भयो ।

जुनसुकै प्रकारका ब्यवसाय गर्दा बैंकवाट सहुलियत ब्याजदरमा कर्जा लिन सकिने र आर्थिक कारोवार गर्दा बैंकिङ्ग प्रणाली मार्फत नै गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा शाखा प्रमुख खनाल सहित प्रकाश काफ्ले, अशोक खत्रि र भुमिराज कंडेलले वित्तिय साक्षरता र सिटिजन्स बैंकका सेवाहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

IMG 20240621 WA0028

यस कार्यक्रमबाट बैंकिङ्ग प्रणाली मजबुद हुनुका साथै युवा तथा विद्यार्थीहरुमा वित्तिय ज्ञानको विकास भई सहि वित्तिय ब्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको शाखा प्रमुख खनालले जानकारी  दिनुभयो ।

सिटिजन्स बैंकले आफ्नो देशभर फैलिएका १९२ वटा शाखा, १५५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाइबाट १७ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक वैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामि दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस