२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते

२०८१ अषाढ ७, बिहिबार प्रकाशित ( महिना अघि) ५६० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । मध्यबिन्दु ८ देवकोटा टोल स्थित राम बहादुर खत्रीको घरभित्र एक्कासि बाघ छिर्न गई निस्कने क्रममा आक्रमण गर्दा  ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाइते हुनेमा ४५ वर्षीय देवा ठकुरी , ३२ वर्षीय सुनिल जैसवाल , ३२ वर्षीय रुपा कुमाल , १९ वर्षका अमृत चौधरी , २२ वर्षीय रोशन कुमाल र २२ वर्षका अमृत महतो सामान्य घाइते भएका छन् ।

घाइते सबै मध्यबिन्दु – ८ देवकोटा टोल निवासी रहेका छन् । घाइते तीन जनाको सामान्य स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने तीन जनालाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ ।

बाघ आक्रमण गरेपश्चात मकैबारीमा पसेको र प्रहरी टोली , राष्ट्रिय निकुन्ज, वन डिभिजन कार्यालय समेतको टोली घटनास्थलमा पुगि बाघ व्यवस्थापनको लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस