२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बेवारिसे शव फेला

२०८१ अषाढ ७, बिहिबार प्रकाशित ( महिना अघि) २०८५ पाठक संख्या

कावासोती । नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको देवचुली नगरपालिकामा – ६ मुण्डे कुमसोत सडक खण्डको जंगलमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।

बुधबार साँझ ५:३० बजे नाम थर वतन नखुलेको अन्दाजी ४५ बर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

घटना कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । मृतकको पहिचान भने हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१०%१%

प्रतिक्रिया दिनुहोस