२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मानव कंकाल फेला

२०८१ अषाढ ६, बुधबार प्रकाशित ( महिना अघि) ६६२ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपलिकामा  मानव कंकाल फेला परेको छ ।

बुधबार विनयी त्रिवेणी गाउँपलिका – ५ सर्दीको घुरकुर सामुदायिक वनमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरीको टोली घटनास्थल तर्फ गएर अनुसन्धान गरेको थियोे ।

केहि महिना अघि वेपत्ता विनयी त्रिवेणी ५ गैरीझोक निवासी ८२ बर्षीय रामकुमारी दर्लामी आज विहान ७:५० बजे जंगलमा सडेगलेर कंकाल मात्र रहेको अवस्थामा मृत फेला परेका हुन् ।

सामुदायिक वनमा सडेगलेर कंकालको साथमा भएका लत्ता कपडा र चप्पलको हुलियाको आधारमा उनका आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस