२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बसको झ्यालबाट हामफाल्दा २ जना घाइते

२०८१ अषाढ ४, सोमबार प्रकाशित ( महिना अघि) २२९५ पाठक संख्या

कावासोती । नवलपुरमा गुडिरहेको बसको झ्यालबाट हाम फाल्दा २ जना घाईते भएका छ्न ।

गएराति मध्यविन्दु – ११ अरुणखोलाको दमार चोकमा काठमाण्डौबाट महेन्द्रनगर तर्फ आउदैँ गरेको ना ८ ख ४२११ नम्बरको बसको पछाडीको एकवटा टायर पड्किँदा आत्तिएर बसमा सवार दुई जना यात्री झ्यालबाट हामफाल्दा घाईते भएका हुन ।

घाईते हुनेहरुमा दार्चुला शैलेशशिखर गाँउपालिका १ का सुरज कठायत र सल्यान कुमाड गाँउपालिका ३ का बलराम रावत रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाईतेहरुको अवस्था मध्यम रहेको र मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि उनिहरुलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%८%६%

प्रतिक्रिया दिनुहोस