२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस र मोटरसाइकल ठोक्किंदा १ जना गम्भीर घाइते

२०८१ अषाढ ३, आईतबार प्रकाशित ( महिना अघि) १५२१ पाठक संख्या

कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका– ८ खरकट्टा जंगल स्थित आज दिउँसो बस र मोटरसाइकल ठोक्किंदा १ जना गम्भीर घाइते भएका छन्

डण्डाबाट नारायणगढ तर्फ जादै गरेको बा.प्र. ०६-००२ प ६६० नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको ना ५ ख ६८८३ नम्बरको बसले ठोक्कर दिँदा मोटरसाइकिल चालक गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा पालुङटार नगरपालिका- ६ गाईखुर बस्ने अन्दाजी ३२ वर्षीय सुमित लुइटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते भुजेलको टाउको र अनुहारमा गम्भिर चोट लागेर अवस्था गम्भीर बोल्न नसक्ने र उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस