२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

दाउन्नेका ५ स्थानमा जनशक्ति सहित उपकरणहरू तयारी अवस्थामा रहने

२०८१ जेष्ठ २९, मंगलबार प्रकाशित ( महिना अघि) १२६ पाठक संख्या

कावासोती । नारायणघाट- बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा पहिरो हटाउन पाँच स्थानमा जनशक्ति सहित उपकरण तयारी अवस्थामा राखिने भएको छ।

पूर्व पश्चिम अन्तर्गत दाउने सडकखण्ड पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको हो ।

मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणि गाउँपालीकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको छ ।

पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले बताउनु भयो ।

‘१० किलोमिटर क्षेत्रमा अलि समस्या हुन सक्छ,बर्सातमा पहिरो जाने,सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न हामीले ५ स्थानमा  जनशक्ति सहित यान्त्रिक उपकरणको व्यवस्था मिलाएका छौ’ मिश्रले भन्नू भयो ।

दुबै जिल्लाका प्रमुख जिल्लाअधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको पुर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस