२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

दाउन्नेको सडक अवरोध एक घण्टाभित्र सुचारु गर्ने, व्यवस्था मिलाइने

२०८१ जेष्ठ २९, मंगलबार प्रकाशित ( महिना अघि) १८१ पाठक संख्या

कावासोती । नारायणघाट- बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ ।

मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणि गाउँपालीकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।

दुबै जिल्लाका प्रमुख जिल्लाअधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको पुर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताउनु भयो । बैठकमा नारायणघाट-बुटवल सडक निर्माण सम्बन्धमा हालसम्म भएको प्रगतिको बारेमा जानकारी लिइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस