२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा गर्मीका कारण ३ दिन विद्यालय बन्द

२०८१ जेष्ठ २७, आईतबार प्रकाशित ( महिना अघि) ६७२ पाठक संख्या

चोरमारा । गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि मध्यविन्दु नगरपालिकाका विद्यालय तिन दिन बन्द हुने भएका छन् ।

नगरपालिकाले जेठ २८ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरले वर्षे विदाबाट विदा समायोजन गर्ने गरि ३ दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालहरु बन्द गर्ने निर्देशन दिएको शिक्षा शाखाका अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

नवलपुरमा केही दिनदेखि गर्मी बढेको छ । यहाँको तापक्रम ४० डिग्रीभन्दा माथी बढिरहेको छ । मध्यविन्दुमा आजै केही विद्यालयका विद्यार्थीहरू गर्मीका कारण ढलेका थिए ।

1717931952140

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%३%१%

प्रतिक्रिया दिनुहोस