२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार – २०८० बाट सम्मानित

२०८१ जेष्ठ २७, आईतबार प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ ।

प्रिन्सिपल एसोसियशन अफ नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय तहलाई उत्कृट स्थानीय तहको अवार्ड प्रदान गरेको हो ।

शनिबार काठमाण्डौंमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले उत्कृष्ट शैक्षिक पालिकाको अवार्ड ग्रहण गर्नुभयो । उपसभामुख इन्दिरा रानाले नगरप्रमुख अधिकारीलाई उक्त अवार्ड प्रदान भएको थियो ।

लामो समय देखि शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालिन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम, सूचना तथा प्रविधि, सुशासनको आधारमा विभिन्न सात वटा स्थानीय तह उत्कृष्ट पालिका पुरस्कारको लागि छनोट भएको हो ।

पानले आजदेखि सुरु भएको तीन दिने राष्ट्रिय सम्मेलन ( जेठ २६, २७ र २८ गते ) को अवसरमा विभिन्न सूचकहरूको आधारमा मूल्याङ्कन गरी सम्मान प्रदान गरेको छ । मूल्याङ्कन समितिले सातवटै प्रदेशबाट सात उत्कृष्ट पालिका, सात विद्यालय र सात प्रधानाध्यापकलाई पुरस्कृत गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस