२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुटी दुर्घटना हुँदा एक जना घाइते

२०८१ जेष्ठ २५, शुक्रबार प्रकाशित ( महिना अघि) २४३५ पाठक संख्या

कावासोती । जिल्लाको गैंडाकोट – १ स्थित विकास चोकमा स्कुटर दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

भित्री सडक खण्डमा मिलन चोकबाट विकास चोक तर्फ जादैं गरेको स्कुटर चालकले नियन्त्रण गुमाई सडकको छेउमा रहेको ग्याविनमा ठोक्किन जाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक गैंडाकोट – २ बोटेटोल बस्ने ३५ वर्षीय राजन भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइते भुजेलको बाहिरी चोट नरहेको अवस्था मध्यम बोल्न सक्ने र उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%८%

प्रतिक्रिया दिनुहोस