२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ विरामी

२०८१ जेष्ठ २५, शुक्रबार प्रकाशित ( महिना अघि) ८६५ पाठक संख्या

चोरमारा । नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना विरामी परेका छन्।

जंगबाट ल्याएको विशालु च्याउ खाँदा विनयी त्रिवेणी गाउँपालिका ५ चुकाहाका एकै परिवारका ५ जना विरामी भएको नवलपुर प्रहरीले जनाएको छ । उनीहरुको अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

च्याउ खाएर बिरामी हुनेहरूमा ५३ बर्षीय कुमार सिंंह सारु, उनको श्रीमती ३८ बर्षीय दिलमाया सारु, १६ बर्षीया छोरी सुकमाया सारु, ११ बर्षीय छोरा मिलन सारु र ३ बर्षीया छोरी सृजना सारु रहेका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%५%

प्रतिक्रिया दिनुहोस