२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको अवरुद्ध दाउन्ने सडकखण्ड सुचारु

२०८१ जेष्ठ २४, बिहिबार प्रकाशित ( महिना अघि) ३५० पाठक संख्या

चोरमारा । बुधबार रातिदेखि परेको वर्षाको कारण अवरुद्ध भएको दाउन्ने सडक खण्ड दुवैतर्फी सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले आज दिउँसोबाट दुईतर्फी सडक सुचारु भएको जानकारी गराएको हो ।

बुटवल नारायणगढ सडकखण्ड बिस्तारको क्रममा ठाउँठाउँमा बनेको डाइभर्सन, सडकमा गएको पहिरो र हिलोका कारण बाटो अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पहिरो र सडकमा जमेको लेदो हटाए लगत्तै १:३० बजेबाट दाउने सडक खण्ड दुईतर्फी नै सुचारु आएको हो । सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम तर्फ जान लागेका सवारी र यात्रु अलपत्र परेका थिए । ठूला र मालबहाक सवारीलाई पश्चिममा बर्दघाट र पूर्वमा दुम्कीबासमा रोकिएको  थियोे ।

सडक विस्तारको क्रममा दाउन्ने डाँडा काटिएको र सामान्य वर्षामा पनि पहिरो जाने र पानीको निकास नहुँदा सडक हिलाम्य हुने गरेको छ । वर्षायाम सुरु नहुँदै सडक मर्मत गर्न ठेकेदार कम्पनीलाई सडक विभागले निर्देशन दिए पनि दाउन्ने खण्डमा सडक मर्मतको काम हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस