२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जङ्गली च्याउ खाँदा एकजना बिरामी

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित ( महिना अघि) ६०१ पाठक संख्या

चोरमारा । नवलपुरमा जङ्गली च्याउ खाँदा एकजना महिला बिरामी परेकी छन्।

हुप्सेकोट गाउँपालिकाको वडा न‌ं: १ जुकेपानी घर भएकी रेणुका आलेले जङ्गली च्याउको तरकारी पकाएर खाँदा झाडाबान्ता भै उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आलेलाई हिजो बेलुका करिब ११:५५ बजे बिरामी भै उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । अहिले निजको स्वास्थ्यमा सुधार आएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस