२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा हावाहुरी लाउँदा रुखले च्यापिएर एकजनाको मृत्यु

२०८१ जेष्ठ २२, मंगलबार प्रकाशित ( महिना अघि) ५४४ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा हावाहुरी लाउँदा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका –१२ ज्वाईथरका ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन् ।

स्थानीय ठुलोपोखरा सामुदायिक वनमा आज बिहान ८:३० बजेको समयमा चलेको हावाहुरीले बाख्रा चराउन गएका थापालाई रुख ढलेर च्यापिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

रुखले च्याप्दा थापाको घटनास्थलमै मृत्यु भएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१०%

प्रतिक्रिया दिनुहोस