२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा अचानक एक पुरुषको मृत्यु

२०८१ जेष्ठ २१, सोमबार प्रकाशित ( महिना अघि) ४३७८ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा एक पुरुषको अचानक मृत्यु भएको छ ।

कावासोती नगरपालिका – ३ स्थित खानेपानीको सभाहलमा जिल्ला समन्वय समितिले आयोजना गरेको लिडर सिप तालिममा सहभागी एक पुरुषको अचानक मृत्यु भएको हो ।

लिडरसिप तालिममा सहभागी हुन गएका कावासोती – १७ बौनौली निवासी ५३ वर्षीय लालबहादुर कार्की अचानक ढली उपचारका लागि जिल्ला अस्पताल डण्डा लगिएकोमा ४:५५ बजे डाक्टरले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

उनको शव पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको छ । उनको अचानक हृदयघातले निधन भएको हुन सक्ने आशंका गरिएको छ ।  घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%२%३८%३%

प्रतिक्रिया दिनुहोस