२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुटी दुर्घटना हुँदा एक जना घाइते

२०८१ जेष्ठ ४, शुक्रबार प्रकाशित ( महिना अघि) ३६०१ पाठक संख्या

कावासोती । जिल्लाको गैंडाकोट – ९ स्थित थुम्सी स्थित जंगलमा स्कुटर दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

चितवनबाट गैंडाकोटतर्फ आउँदैै गरेको स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा स्कुटर चालक गोरखा नगरपालिका ६ बस्ने ३९ वर्षका बिरेन्द्र श्रेष्ठ गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते श्रेष्ठको टाउको र मुखमा गम्भिर चोट लागेको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१%३%१४%३%

प्रतिक्रिया दिनुहोस