२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सर्पको टोकाइबाट बालकको मृत्यु

२०८१ जेष्ठ १, मंगलबार प्रकाशित ( महिना अघि) ५११ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दुमा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका १२ ज्वाईथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमालको आज विहान निधन भएको हो ।

गत बैशाख २८ गते साँझा सर्पको टोकाईबाट विरामी भएका प्रिजनको ४ दिन पछि आज निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।

उनलाई घरको आँगनमा खेल्ने क्रममा सर्पले खुट्टामा टोकेको थियो । बालकलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले बचाउन नसकिने भनेपश्चात घरमै ल्याएर राखिएको र आज विहान बालकको ज्यान गएको हो । गर्मी सिजन सुरु भएसँगै नवलपुरमा सर्पदंशका घटनाहरु बढ्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस