२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सर्पको टोकाईबाट २ जना घाइते

२०८१ बैशाख ३१, सोमबार प्रकाशित ( महिना अघि) १६५ पाठक संख्या

कावासोती । नवलपुरमा एक हप्ताभित्रमा सर्पले टोकेर दुई जना घाइते भएका छन् ।

सर्पको टोकाईबाट विनयी त्रिवेणी गाउँपालिका ४, सिद्रेमा ७ वर्षीय बालक प्रशंसा रानामगर घाइते भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घर नजिकै गोरेटो बाटोमा सर्पले खुट्टामा डसेको हो । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै देवचुली नगरपालिका – १०, प्रगतिटोलमा सोमबार बिहान सर्पको टोकाइबाट ५४ वर्षीया लक्ष्मीदेवी काफ्ले बिरामी भएकी छन् । उनलाई पनि घरबाट बाहिर निस्कने क्रममा ढोकानजिकै सर्पले टोकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस