२०८२ चैत्र १७, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाईते

२०८१ बैशाख २९, शनिबार प्रकाशित ( साल अघि) १०३९ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाका २ जना बँदेलको आक्रमणमा परी गम्भीर घाईते भएका छन्।

आज सनिवार साँझ ५ बजेतिर बदेलले आक्रमण गरेको हो । खेतमा मकैमा विषादी झर्ने क्रममा मध्यविन्दु नगरपालिका १३ मैनाघाटका ५७ बर्षीय चन्द्रबहादुर खाँड घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

त्यस्तै अर्का मध्यविन्दु मैनाघाट निवासी ४३ बर्षीय हरिकला सिंजाली मगरलाई खेतमा पानी लगाउने क्रममा बदेलले आक्रमण गरेको प्रहरीले बताएको छ।

ती घाइते दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुरमा रिफर गरिएको अस्पताल स्रोतले बताएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%२%

प्रतिक्रिया दिनुहोस