२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा चट्याङ लागेर एकजनाको मृत्यु

२०८१ बैशाख २६, बुधबार प्रकाशित ( हफ्ता अघि) १९१९ पाठक संख्या

कावासोती । नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान वर्षासँग परेको चट्याङबाट जिल्लाको सुस्ता गाउँपालिका–५ तरैनी बस्ने २८ वर्षीय पुनम कुशवाहाको मृत्यु भएको हो ।

घर पछाडि रहेको बगैंचातिर गएको बेला कुशवाहालाई चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेपश्चात घाइते भएकि कुशवाहालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृतक घोषणा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२७%

प्रतिक्रिया दिनुहोस