२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा रात्रीबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ बैशाख २४, सोमबार प्रकाशित ( हफ्ता अघि) २९१ पाठक संख्या

कावासोती । नवलपुरमा रात्रीबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

देवचुली नगरपालिका – १६ टाँगिकोट चोकमा बुटवलबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर १ – ०१ – ००१ ख ४३६२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका – १७ छिपेनी बस्ने ४७ वर्षीय यमलाल घिमिरेको आइतबार राति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस