२०८३ बैशाख २४, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

२०८१ बैशाख २३, आईतबार प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

चितवन । चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन्।

पाण्डे आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

गैँडाको आक्रमणबाट घाईते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस