२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८१ बैशाख २२, शनिबार प्रकाशित ( हफ्ता अघि) ११८ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती १७ ढोकीमा शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ हजार ३५ जना विभिन्न रोगका बिरामीले उपचार सेवा लिएका थिए ।

बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल,चितवन मुटु अस्पताल तथा एपोलो डेण्टल हस्पिटल प्रा.लि.का बिशेषज्ञ चिकित्सकहरूले शिबिरमा बिरामीहरूको उपचार गरेका थिए । शिबिरमा क्यान्सर स्क्रिनिङ्ग, फिजिसियन सेवा, छाला, हाडजोर्नी, स्त्रीरोग , उच्चरक्तचाप तथा ईसिजी सेवा, भिडियो एक्सरे, सुगर परीक्षण सहित निशुल्क ओैषधी बितरण गरिएको थियो ।

नेपाल स्वास्थ्यकर्मी संघ चितवनको प्राबिधिक सहयोग, सहयोगी संस्था कावासोती नगर १७ नम्वर वडा कार्यालय र नेपाली काग्रेस, संघीय क्षेत्र नम्वर १ तथा नेका कावासोती नगर समितिको आयोजनामा शिविर संचालन भएको हो ।

शिविरको नेपाली काँग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेशका पूर्व कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । स्थानीय बृद्ध बृद्धा, अशक्त हसहाय,महिला पुरूष तथा बालबालिका समेतको व्यापक उपस्थिति रहेको उक्त स्वास्थ्य शिविर बिहान देखि सांंझ सम्म चलेको तरूण दलका केन्द्रीय सदस्य आरसी भट्टराईले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस