२०८१ आश्विन ४, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रथम चिरण स्मृति फुटबल प्रतियोगिता: उद्घाटन खेलमा राइनो क्लब – ए विजयी

२०८१ बैशाख २२, शनिबार प्रकाशित ( महिना अघि) ५९७ पाठक संख्या

कोल्हुवा । मध्यबिन्दु नगरपालिका वार्ड नं २ कोल्हुवा स्थित राइनो रङ्गशालामा आयोजित प्रथम चिरण स्मृति कप २०८१ खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राईनो क्लब – ए विजयी भएको छ ।

राइनो क्लबद्वारा संचालित तथा नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा शनिबार कावासोती १७ गोछडालाई हराउँदै राइनो क्लब विजयी भएको हो ।

1714837845347_copy_1065x710

आज भएको उद्घाटन खेलमा राइनो क्लबले कावासोती १७ गोछडालाई ट्राईबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । निर्धारित समयको खेलमा दुवै समुहले गोलरहित बराबरी खेलेपछी खेल ट्राईबेकरमा गएको थियो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिव श्रीधर शर्माले गर्नुभएको थियो ।

1714837851464_copy_1080x720

खेलको औपचारिक उद्घाटन कार्यक्रममा स्वः चिरन अर्यालको आमा रेनुका अर्याल, दाजु अर्जुन अर्याल, मध्यबिन्दु नगरपालिका वार्ड नं २ का वडा अध्यक्ष रामभक्त अधिकारी , वार्ड नं ४ का डिलीराम थारु, कोल्हुवा बहुमुखी क्याम्पसका प्रमुख नारायण अर्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चेतमान पुन , कावासोतीका वडा अध्यक्ष दिनेश खनाल, कुमारवर्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक केसी , आयोजक संस्थाका अध्यक्ष दोमन बहादुर भण्डारी लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि उपस्थित रहेको थियो।

1714837801025

प्रतियोगितामा १६ टिम सहभागी छन् । विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण – पत्र प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण- पत्र प्राप्त गर्नेछन् । त्यस्तै वैशाख २३ गते अर्थात् भोलि भने प्रगतिशील युवा क्लब पतवारी र राइनो क्लब बी भिड्नेछन् । जेठ ५ गतेसम्म संचालन हुने खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस