२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा विद्यार्थीलाई झोला र पोशाक वितरण

२०८१ बैशाख २२, शनिबार प्रकाशित ( हफ्ता अघि) १६० पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका– ११ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला र पोशाक वितरण गरेको छ ।

वडा समितिले चालू आर्थिक वर्षको बजेटबाट दुई वटा विद्यालय नेपाल राष्ट्रिय आधारभुत विद्यालय र नारायणी प्राथामिक विद्यालयका विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले बालबालिकाको लागि गरिने लगानी भविष्यको लागी गरिएको लगानी भएको बताउनुभयो।

FB_IMG_1714737530420

कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पु¥याउन पोशाक र झोला सहयोग गरिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले गत वर्ष देखि वडाका विद्यालयमा कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था रहेको जानकारी दिनुभयो ।

अधिकांश जनजाती दलित र लक्षित वर्गका समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा वडा नं ११ ले विद्यार्थी लक्षित कार्यक्रम सन्चालन गर्दै आएको बताउदै वडा अध्यक्ष अधिकारीले आगामी वर्षका बजेटमा यातायात देखि अन्य सुविधामा जोड दिने बताउनुभयो ।

1714737605687

कावासोती नगरपालिका– ११ वडा क्षेत्रमा दुईवटा सामुदायिक विद्यालय रहेका छन्। कार्यक्रममा वडा सदस्यहरु मिरा थनेत, सीता बिक, विष्णुविर राना, हस्तबहादुर पुरी गोसाई, दुवै विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रअहरु, शिक्षक अभिभावकको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस