२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०८१ बैशाख २०, बिहिबार प्रकाशित ( हफ्ता अघि) २४३ पाठक संख्या

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरको भित्तामा गए राति ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस